SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ ०७:०१ AM · 1 मिनेट पढाइ

महिलाले बगाए खेतमा पानी, गाउँमा आशा

नवलपरासी, १९ पुस । गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारी तथा अन्य पेसामा बाहिरिएपछि सुनवल नगरपालिका–२ का महिलाहरू अहिले गाउँकै विकासको अगुवाइ गरिरहेका छन् । खेतीपातीको जिम्मेवारी आफ्नै काँधमा आएपछि उनीहरू स्थानीय तुरिया खोलाको पानी प्रयोग गरी सिँचाइ नहर निर्माणमा सक्रिय रूपमा जुटेका छन् ।