SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ ०७:१४ AM · 1 मिनेट पढाइ

राजस्व घटेपछि विकास बजेटमा कैँची 

लमही, १९ पुस । दाङमा भएको जेन–जी आन्दोलनको प्रत्यक्ष प्रभाव स्थानीय तहको आर्थिक व्यवस्थापनमा देखिन थालेको छ । आन्दोलनका कारण राजस्व सङ्कलनमा कमी र संरचनागत क्षति भएपछि जिल्लाका अधिकांश स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेट कटौती वा संशोधन गर्ने तयारी थालेका छन् ।