भोलिदेखि पवनकुमार सेठिया स्मृति क्रिकेट, आर्मी र रूपन्देही भिड्ने
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो । आयोजकले शनिबार भैरहवामा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ टीम बीच प्रतिस्पर्धा हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
