SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

तोकिएको समयमा निर्वाचन गर्ने गरी तयारी भएका छैनन्: एमाले उपाध्यक्ष पौडेल

बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले तोकिएको समयमा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त नभएको बताएका छन्। बुटवलमा युवाहरुले सञ्चालन गरेको खस्यौली बजारको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको तयारी भइरहेको र वातावरण बनिरहेको बताएपनि निर्वाचनका निम्ति गर्नुपर्ने कामहरु नभएको बताए।