SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

एमाले: गुल्मी क्षेत्र नम्बर १ मा प्रदीप ज्ञवालीको एकल सिफारिश, २ मा आकांक्षी धेरै भएपछि टुंगिएन

बुटवल-नेकपा एमाले गुल्मीले २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवारको सिफारिश गरेको छ। क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवालीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ मा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ।