SHARE
बुटवल टुडे · शनिबार १९ पु २०८२ १२:२० PM · 1 मिनेट पढाइ

आजदेखि श्री स्वस्थानी व्रत प्रारम्भ

बुटवल-आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ। आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ। स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ।