बाँकेको राप्ती सोनारीमा बाघले लियो एक जनाको ज्यान
नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो बाघको आक्रमणमा परेर स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको हो। प्रत्यक्षदर्शीका अनुसार शनिबार दिउँसो करिब साढे १ बजे गाई चराउन गएका बेला बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने ‘बिचार दमार’ जंगलमा पाटेबाघले एक्कासी आक्रमण गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
