SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०२:०५ AM · 1 मिनेट पढाइ

बरमपुरवा-बैरहवा-विसुनपुरवा सडक: दशकपछि स्तरोन्नति 

नवलपरासी, २० पुस । दशकदेखि ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा—विसुनपुरवा सडकको स्तरोन्नति गर्ने कार्यको शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारका प्रदेश सांसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नति गर्ने गरी बजेट विनियोजन भई ठेक्का समेत लागेपछि शनिबार औपचारिक रूपमा स्तरोन्नति कार्य शुभारम्भ भएको हो ।