SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०८:०० AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

काठमाडौँ । सुनचाँदीको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो ।