SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

रुपन्देही–२ मा विष्णु पौडेलको नाम एकल रूपमा सिफारिस

बुटवल । रुपन्देही–२ बाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम सिफारिस भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलको नाम एकल रूपमा सिफारिस गरिएको हो । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।