SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०९:२९ AM · 1 मिनेट पढाइ

पाल्पाबाट विष्णु पौडेलको नाम सिफारिस

पाल्पा, २० पुस । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसहित चार जनालाई सिफारिस गरेको हो । सिफारिस हुनेमा केन्द्रीय सदस्य ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे र नेता रामबहादुर राउत रहेका छन् ।