SHARE
बुटवल टुडे · आइबार​ २० पु २०८२ ०४:४१ PM · 1 मिनेट पढाइ

नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका अध्यक्षसहित ३३ जनाले दिए राजीनामा

बुटवल। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन्। पछिल्लो समय पार्टीको नेतृत्व तहबाट भएका कतिपय निर्णयहरु, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए।