अत्यधिक चिसोका कारण बर्दघाटमा ३ दिन विद्यालय बिदा
नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले अत्यधिक चिसो र शीतलहरूका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरभित्र सञ्चालित सबै विद्यालयहरूमा जाडो बिदा घोषणा गरेको छ। नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाबाट जारी सूचनाअनुसार मिति २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म (परिस्थितिजन्य तथा वर्षे बिदासँग मिलान गरी) जाडो बिदा दिइएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
