SHARE
बुटवल टुडे · मङगलबार १५ पु २०८२ ०४:०२ PM · 1 मिनेट पढाइ

रुद्रपुरका इशानको हत्या भएको परिवारको दाबी, छानबीन गर्न माग

बुटवल-रूपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरका १७ वर्षीय इशान शर्मा पौडेलको मृत्यु शंकास्पद भन्दै परिवारले सत्यतथ्य घटना बाहिर ल्याउन माग गरेका छन्। इशानको मृत्यु नभइ हत्या भएको परिवारको दाबी छ। इशानकी आमा रमा शर्माले आफ्नो बुढेशकालको सहाराको लठ्ठी भाचिएको भन्दै न्याय दिन माग गरिन्। ‘न्याय नपाएकी आमा हुँ म । मेरो कोख रित्तियो ।