SHARE
बुटवल टुडे · मङगलबार १५ पु २०८२ ०४:४२ PM · 1 मिनेट पढाइ

अत्यधिक चिसोका कारण घोराहीका विद्यालय तीन दिन बिदा

दाङ -दाङको घोराही उपमहानगरपालिकाले शीतलहरका कारण तीन दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। चिसो अत्यधिक बढेर जनजीवन प्रभावित भएपछि उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै पुस १६ गतेदेखि १८ गतेसम्म सबै विद्यालयमा विदा दिइने जानकारी दिएको हो। उक्त अवधिमा सामुदायिक तथा संस्थागत (निजी) सबै विद्यालय बन्द रहनेछन्।