SHARE
बुटवल टुडे · मङगलबार १५ पु २०८२ ०५:३२ PM · 1 मिनेट पढाइ

एमाले: समानुपातिकमा रुपन्देहीबाट कोहीपनि परेनन्, भुसाल र कुँवर रास्वपाको सूचीमा

बुटवल-नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अन्तरगत समानुपातिक तर्फ बुझाएको उम्मेदवारहरुको बन्दसूचीमा रुपन्देहीबाट एकजना पनि परेका छैनन्। एमालेको संगठन बलियो भएका जिल्लामध्येमा गणना हुने रुपन्देहीबाट एकजना पनि समानुपातिकको सूचीमा नपरेपछि नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रभाव रहेको रुपन्देहीबाट एकजनाको पनि नाम सूचीमा छैन।