SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०३:५० AM · 1 मिनेट पढाइ

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध, यात्रुहरू सास्तीमा (तस्बिरहरू)

काठमाडौँ । शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने–खुर्सानी खोला क्षेत्रमा सडक चिप्लो हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गमा केही दिनदेखि सवारी साधनहरूको लामो जाम लाग्दै आएको छ ।