SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०६:२७ AM · 1 मिनेट पढाइ

गुल्मीमा बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान खुशी

गुल्मी । कालीगण्डकी १ चिउरेका खिमानन्द पाण्डेको बगैचाका सुन्तला बजारमा बेच्नै नगई बिक्री भए। घरमै सुन्तला किन्न आएपछि उनले करीब ३० क्वीन्टल सुन्तला बिक्री गरे। किसानले उत्पादन गरेका सुन्तला बिक्री नभएर बजारमा आफै पुर्‍याउनुपर्ने बाध्यता अब छैन। प्रतिकिलो ५० रुपैयाँका दरले करीब ३० क्वीन्टल सुन्तला बिक्री गरेपछि उनी खुशी छन्।