SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ । सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई समेट्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।