SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०९:३३ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगको स्पष्टिकरण : उम्मेदवारको जरिवानाबारे निर्णय भएको छैन

काठमाडौँ, १६ पुस । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने विषयमा हाल कुनै निर्णय नभएको जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै हाल जरिवानासम्बन्धी कुनै निर्णय नभएको बताएका हुन् ।