SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

एन्फा निर्वाचन माघ २८ मा गर्ने निर्णय

 काठमाडौं, १६ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन) गर्ने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन हुने निर्णय भएको एक सदस्यले जानकारी दिएका छन् । २०७९ असारमा निर्वाचित एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ ।