SHARE
बुटवल टुडे · बुधबार १६ पु २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

इसान शर्माको मृत्युबारे प्रहरी भन्छ: दुर्घटनाबाट मृत्यु भएका प्रमाण छन्, हत्या होइन

बुटवल । नेपाल प्रहरीले रुपन्देही कञ्चनका इसान शर्माको मृत्युबारे अपवाह फैलिएको भन्दै घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रेस विज्ञप्तिमार्फत घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा हत्या भएको कुनै आधार नदेखिएको जनाएको छ।