SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०२:२४ AM · 1 मिनेट पढाइ

विपन्न समुदायको उकासिँदो यात्रा

चन्द्रौटा, १७ पुस ।  ससिकला सुनारका श्रीमानको केही वर्ष पहिले भारतमा रोजगारीको सिलसिलामा मृत्यु भयो । चार बालबालिकासँगै उनी बिचल्लीमा परिन् । खेतबारी छैन, रोजगारी छैन, त्यसको मार उनले खेपिन् । त्यसपछि निकै सङ्घर्ष गरेकी ३२ बर्षीया सोनारी यति बेला रोजगारी, आम्दानीसँग जोडिएर सहज रूपमा गुजारा चलाउँदै आएकी छन् । उनी पान पसल गरेर दैनिकी चलाउँदै आएकी छन् ।