SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०४:०४ AM · 1 मिनेट पढाइ

बुढेसकालमा गाउँको सरकारले सम्झिँदा दङ्ग

सल्यान, १७ पुस । “बुढेसकालमा हाम्रो गाउँको सरकारले सम्मान गरेको र सम्झिएको देख्दा एकदमै खुसी छु । चिसोले धेरै दुःख दिइरहेको बेला स्विटर र वर्को अनि पैसा पनि पाइयो”, कालीमाटी गाउँपालिका वडा नम्बर २ निवासी १०५ वर्षीया भविसरा सारु मगरले न्यानो कपडा पाएपछि खुसी व्यक्त गर्दै भनिन् ।