SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०४:२५ AM · 1 मिनेट पढाइ

माघीको रौनकले तात्दै थारु बस्ती

बर्दिया, १७ पुस । पुस महिनाको शीतलहरले चिसो बढिरहँदा थारु गाउँ–बस्तीमा भने माघ पर्वको उत्साहले छुट्टै गर्मी थपिएको छ । जाडोसँगै थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघ पर्व नजिकिँदै जाँदा बस्ती–बस्तीमा चहलपहल, गीत–सङ्गीत र नाचगानको तयारी तीव्र बन्दै गएको छ ।