SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०७:३२ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्यान गएपछि कोशीमा तनाव

धरान-सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय साहको मृत्यु भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको शसस्त्र प्रहरीले बुधबार राति गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो।