तराईमा धेरै दिनपछि घाम लाग्यो, जनजीवन सामान्यतर्फ
बुटवल। तराइमा धेरै दिनपछि घाम लागेको छ। पश्चिमी वायुको प्रभावका कारण धेरै दिनपछि तराईमा घाम लागेको मौसमविद विनोद पोखरेलले बताए। उनका अनुसार अहिले भित्रिएको पश्चिमी वायु कमजोर प्रकृतिको छ। तराईका अधिकांश क्षेत्रमा शीतलहरले हिजो बुधबारसम्म जनजीवन प्रभावित भएको थियो। जसका कारण रुपन्देही, कपिलवस्तु, नवलपरासी र दाङका विद्यालयहरुले विद्यालय बन्द गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
