SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

सेयर बजार १२.८३ अंक ओरालो, कारोबार रकम घट्यो

काठमाडौं, १७ पुस । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो । ‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचकहरू ओरालो लागेका छन् । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशत गुमाएका छन् ।