SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

रमेश लेखकमाथि लगाइएको स्थानहद फुकुवा गर्न आयोग तयारीमा

काठमाडौं, १७ पुस । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गर्ने तयारी गरेको छ ।स्रोतका अनुसार, उनीमाथि लगाइएको स्थानहद खोल्ने तयारी अघि बढाइएको हो । आयोगले लेखकसँग दुई पटक छुट्टाछुट्टै बयान लिएको थियो । हिजो (बुधबार) साँझ साढे ७ बजेसम्म पनि आयोगले उनीसँग बयान लिएको थियो ।