SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ११:२० AM · 1 मिनेट पढाइ

उच्च अदालतद्वारा रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा रिहा गर्ने आदेश सदर

काठमाडौँ । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँले रास्वपा सभापति रवि लामिछानेसँग ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ । जिल्ला अदालत काठमाडौँले लामिछानेलाई धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन निवेदन गरेको थियो ।