SHARE
बुटवल टुडे · बिहीबार १७ पु २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

रमेश लेखकको स्थानहद फुकुवा

काठमाडौँ । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आयोगको सचिवालयले जारी गरेको सूचनामा लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णय हटाइएको जानकारी दिइएको छ ।