SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०१:५४ AM · 1 मिनेट पढाइ

कृषि ज्ञान केन्द्र बेवारिसे

नवलपरासी, १८ पुस । जिल्लास्थित कृषि ज्ञान केन्द्रको बर्सेनि घट्दै आएको बजेटसँगै अहिले डेढ महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । लुम्बिनी प्रदेश सरकारले निरन्तर बजेट कटौती गर्दै जाने र अहिले कार्यालयमा प्राविधिकसहित डेढ महिनादेखि प्रमुखविहीन बनाउने कार्यले कृषि र कृषकप्रति अनुदार बन्दै गएको आरोप स्थानीयले लगाउन थालेका छन् । प्रमुखबिहीन बन्दा कार्यालय सञ्चालनमा समेत समस्या भएको छ ।