SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०२:२४ AM · 1 मिनेट पढाइ

बढ्दो मानव–वन्यजन्तु द्वन्द्व र यसका कारणहरू 

पछिल्लो दशकमा नेपालको वन क्षेत्रमा हरियाली बढेको पछिल्ला सरकारी तथ्याङ्कहरूले देखाएका छन् । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेको राष्ट्रिय भू–क्षेत्र अनुगमन प्रणाली प्रतिवेदन २०८१ अनुसार नेपालको कूल भूभागको ४६.०८ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ ।