SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०२:४१ AM · 1 मिनेट पढाइ

पत्थरडाँडामा स्वर्गीय सुवेदार नामबहादुरको स्मृतिमा यात्रु प्रतीक्षालय निर्माण

तिलोत्तमा, १८ पुस । तिलोत्तमा–१३, पत्थरडाँडामा तिलोत्तमा–१३ निवासी स्वर्गीय सुवेदार नामबहादुर राना कुमालको स्मृतिमा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ । उक्त प्रतीक्षालयको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खाणले सार्वजनिक हितका यस्ता संरचनाले नगरको सुन्दरता मात्र होइन, सामाजिक जिम्मेवारी र स्मृतिलाई पनि जगेर्ना गर्ने बताए ।