SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी-गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-६ अर्जैका ३६ वर्षीय वसन्त अर्याल र ६० वर्षीया मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए। अर्जैबाट वनभोजमा जान लागेको बोर्डिङ स्कुलको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।