जबरजस्ती करणी पीडित १७२ महिला तथा बालिकालाई माइती नेपालको परामर्श
बर्दिया, १८ पुस । माइती नेपालले बर्दियामा जबरजस्ती करणीको घटनामा परेका १ सय ७२ जना बालिका तथा महिलालाई परामर्श, स्वास्थ्य तथा कानुनी सहयोग प्रदान गरेको छ । पछिल्ला पाँच वर्षको अवधिमा पीडित महिला तथा बालिकालाई आवश्यक उपचारमा पहुँच पुर्याउने, कानुनी प्रक्रियामा सहयोग गर्ने र संरक्षण प्रदान गर्ने कार्य माइती नेपालले गर्दै आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
