SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

समकक्षता साउन १ देखि यूजीसीले प्रदान गर्ने

काठमाडौँ । तीन दशकदेखि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले स्वदेशी तथा विदेशी विद्यार्थीलाई दिँदै आएको ‘समकक्षता’ आगामी साउन १ देखि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत उपलब्ध गराइने भएको छ । सरकारले सम्बन्धित ऐन केही संशोधन गर्दै समकक्षता साउन १ देखि यूजीसीबाट प्रदान गर्ने निर्णय गरेको हो ।