SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

इन्धन मूल्य घटेसँगै नागरिक उड्डयनले हवाई भाडा समायोजन गर्‍यो

काठमाडौं, १८ पुस । हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटाइएको हो ।