भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो, सबै यात्रु सुरक्षित
काठमाडौं-झापाको भद्रपुर विमानस्थलमा शुक्रबार बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ। जहाज चिप्लिएर धावनमार्गमा पुगेको हो। जहाजमा रहेका सबै यात्रु सकुसल छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ५१ जना यात्रुजहाजमा रहेकोमा सबैजना सकुशल छन्। तर, जहाजमा क्षति पुगेको छ। काठमाडौं–भद्रपुर उडान ९०१ नम्बरको जहाज ओभर रनका कारण ग्रास एरियामा पुगेको जनाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
