SHARE
बुटवल टुडे · शुक्रबार​ १८ पु २०८२ ०५:३६ PM · 1 मिनेट पढाइ

वासुदेव घिमिरे एमाले कार्यक्रममा सक्रिय, पार्टी छाडेको भन्ने स्टाटस हटाए

बुटवल। सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमाले परित्यागको घोषणा गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख वासुदेव घिमिरे पुन: एमालेमै सक्रिय देखिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको उनले बताएका थिए। पार्टी परित्यागपछि पार्टी केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पौडेलसँगको भेटपछि पौडेलले बिहीबार ‘हामी सँगै छौं’ लेख्दै घिमिरेसहितको सामुहिक तस्वीर सार्वजनिक गरेका थिए।