SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०१:०१ AM · 1 मिनेट पढाइ

रेडियो मुक्तिको १६ औं बार्षिक साधारण सभा सम्पन्न

बुटवल, १० पुस । महिला समानताका लागि संचार अभियानद्वारा संचालित सामुदायिक रेडियो मुक्ति ९५.५ को १८ औ स्थापना दिवस तथा १६ बार्षिक साधारण सभा बुधबार शंकरनगर वनवाटिका तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले संचारमाध्यमले सत्य तथ्य समाचार सम्पे्रषण गर्नुपर्ने बताएकी छन् ।