SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०१:१० AM · 1 मिनेट पढाइ

ओलीका तीन सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने

काठमाडौँ । जेनजी आन्दोलनको तीन महिनापछि मंगलबार शीतलनिवासले प्रधानमन्त्री सुशीला कार्कीसित शीर्ष तीन नेताको भेट जुरायो। यो भेटमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मध्यस्थकर्ता जसरी प्रस्तुत हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले छोटो बोलेर टुंग्याए। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने निकै आक्रोशित रूपमा प्रस्तुत भए।