SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०१:२५ AM · 1 मिनेट पढाइ

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो।