SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०३:०५ AM · 1 मिनेट पढाइ

खच्चरमा पानी बोकाएर टङ्की निर्माण

अर्घाखाँची, १० पुस । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा अवस्थित खाँचीकोट हिल स्टेशन पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यस स्थानबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रे लगायतका हिमालहरूदेखि आसपासका गाउँ तथा खोंचका मनोरम दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिने भएकाले पर्यटकहरूको आकर्षण बढ्न थालेको वडा अध्यक्ष चुराबहादुर केसीले बताए ।