SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०४:१० AM · 1 मिनेट पढाइ

सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति

काठमाडौँ । गत भदौ २४ मा सर्वोच्च अदालतमा भएको आगजनीका कारण जलेका कुल २० हजार ३४ थान मुद्दामध्ये ८ हजार थान मिसिल पुनः प्राप्त भएका छन् । आगजनीमा परेका चालु मुद्दामध्ये ४ हजार २०० मिसिल सुरक्षित रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।