SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०७:२३ AM · 1 मिनेट पढाइ

कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम

गुल्मी १० पुस । गुल्मीको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकलार्ई उद्यमी बनाउन च्याउ खेती सम्बन्धी तालिम प्रदान गरेको छ । पालिकाका कृषि अधिकृत शुशिल पाण्डेका अनुसार पालिका भित्रका १८० जनालाई उद्यमी बनाउने उद्येश्यले नै तालिम प्रदान गरिएको हो । पालिका भित्र रहेका ७ वटा वडामा गई तालिम सञ्चालन गरिएको हो ।