SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ ०८:३५ AM · 1 मिनेट पढाइ

भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ । छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो । भित्र रवि लामिछाने र बालेन शाहबिच छलफल भइरहँदा बाहिर भने जेन–जी अभियन्ता सुदन गुरुङ उपस्थित रहेका छन् ।