SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ १०:०३ AM · 1 मिनेट पढाइ

रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच फेरि भेटवार्ता हुने भएको छ । बिहीबार ललितपुरमा मेयर शाह नजिकका कुमार बेनको घरमा छलफल भएको थियो । रास्वपाका नेता राजीव खत्रीका अनुसार उनीहरूबीच आजै साँझसम्म फेरि भेटवार्ता हुने छ ।