SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन् । दशरथ रंगशालामा आज (बिहीबार) भएको ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन् । त्रिविबाट यसै सत्रमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।