SHARE
बुटवल टुडे · बिहीबार १० पु २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार

काठमाडौँ । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले यस्तो बताएका हुन् । सुनारले भने, “कांग्रेस–एमाले देश डुबाउन मिल्दैछन्, हामी बनाउन मिल्दैछौँ ।” उनले नयाँ शक्तिहरूको एउटै चाहना रहेको पनि बताए ।